समाचार

२४ साउन, वालिङ । जिल्ला समन्वय समिति स्याङ्जाका उपप्रमुख जुवाखाल (तास)बाट पक्राउ परेका छन् । समन्वय उपप्रमुख दिलीपकुमार बगाले सहित १० जना वालिङ–९ क्याम्पसरोडबाट तास खेल्दै गर्दा प्रहरीले पक्राउ गरेका हुन् । उनीहरुलाई वडा प्रहरी कार्यालय वालिङका प्रमुख इन्सपेक्टर हरिप्रसाद पौडेलको टोलीले पक्राउ गरिएको हो । उनीहरु क्याम्पस रोड स्थित रघुनाथ अर्यालको घरबाट पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा सहकारी संस्थाका प्रबन्धक, सरकारी विद्यालयका शिक्षक लगायत रहेको जिल्ला प्रहरी कार्यालय स्याङ््जा प्रमुख एसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

पक्राउ पर्नेमा सहकारी संस्थाका प्रबन्धक, सरकारी विद्यालयका शिक्षक लगायत रहेको जिल्ला प्रहरी कार्यालय स्याङ््जा प्रमुख एसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

ख्याम बहादुर थापाले अर्यालको घर भाडा लिई विगत लामो समयदेखि जुवा अड्डा बनाउदै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । । 

प्रहरीले जुवाखालबाट  नगद ३५ हजार ९ सय ५० रुपैयाँ र तास बरामद गरेका छन् । 

उपप्रमुख बगाले यसअघि पनि वडा अध्यक्षलाई कुटपिटको आरोप प्रहरी हिरासत परेका थिए ।