समाचार

भदौ १, काठमाडौं । राजनीतिक दल सम्बन्धी विद्यमान कानुनमा परिमार्जन गर्नका लागि आवश्यक अध्यादेश ल्याउने सरकारले निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल फुटाउने अध्यादेश ल्याउने निर्णय गरेको हो ।

मन्त्रिपरिषदले गरेको निर्णय राष्ट्रपति कार्यालयमा दर्ता भइसकेको गृहमन्त्री खाँणले जानकारी दिए । उनले भने, ‘कस्को पार्टी फुट्छ फुट्दैन त्यो गौण कुरा हो । आजको आवश्यकताले अध्यादेश ल्याएका हौं ।’