समाचार

काठमाडौं, १६ भदौ । कक्षा १२ को परीक्षा भदौ ३० गतेबाट सञ्चालन हुने भएको छ । आज बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले सो निर्णय गरेको बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले जानकारी दिए । 

यसअघि दुई पटक सम्म स्थागित परीक्षा असोज ८ गते सम्म सञ्चालन हुने प्रवक्ता अर्यालले बताए । 

स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सहमतिमा परीक्षा सञ्चालन गर्ने निर्णय भएको परीक्षा बोर्डले जनाएको छ । 

यसअघि साउन ३१ गतेबाट हुने भनिएको परीक्षा कोरोनाका कारण स्थागित गरिएको थियो ।