समाचार

भदौ २१, स्याङ्जा । स्याङ्जामा गोरु काटेको आरोपमा तीनजना पक्राउ परेका छन् । भीरकोट नगरपालिका–८, ढापुकफेदीका नैनसिंह गुरुङ, हुमप्रसाद गुरुङ र खेमबहादुर गुरुङलाई गोरु काटेको आरोपमा प्रहरी चौकी दहथुमका टोलीले रंगेहात पक्राउ गरिएको हो । 

नैनसिंहको घरमा खनातलासी गर्दा छाला, खुट्टा, टाउको र मासु बरामद गरिएको जिल्ला प्रहरी कार्यालयमा प्रवक्ता डिएसपी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । 

मासु काट्न प्रयोग गरिएको दुईथान चक्कु समेत बरामद गरिएको प्रवक्ता अधिकारीले बताए ।

पक्राउ परेकाहरुलाई जिल्ला अदालतबाट ७ दिनको म्याद थपगरि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।