समाचार

भदौ २१, पोखरा । नेकपा (एमाले) कास्की जिल्ला कमिटीले मंगलबार पोखरामा आयोजना गरिएको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्न पार्टीका अध्यक्ष केपी शर्मा ओली भोली पोखरा आउदैछन् । 

पोखराको सभागृहमा हुने बृहत कार्यकर्ता भेलालाई  अध्यक्ष ओली सहित एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे लगायतका नेताहरुले समेत सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा एमाले कास्की जिल्ला कमिटी सदस्य दिलीप न्यौपानले जानकारी दिए ।

पार्टी फुटेपछिको अवस्था र अबको मार्गनिर्देशका बारेमा अध्यक्ष ओली र स्थायी कमिटी सदस्य पाण्डेले प्रशिक्षण दिने न्यौपानेले बताए । 

भेला बिहान ११ बजे सभागृहमा सुरु हुने भएको छ ।