समाचार

भदौ २६, स्याङ्जा । स्याङ्जामा महेन्द्र जीपको ठक्करबाट ६ वर्षीय बालकको ज्यान गएको छ । पुतलीबजार–१० राङ्खोला समताटोलका ६ वर्षीय बालक आयोन गुरुङलाई महेन्द्र जीपले ठक्कर दिँदा घट्ना स्थलमै मृत्यु भएको हो । 

घट्ना स्थलको मुचुल्का सहित लासलाई पोष्ट मार्टमका लागि जिल्ला अस्पताल स्याङ्जा लगिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता डिएसपी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । 

जीप चालक फरार रहेकाले खोजी कार्यं जारी रहेको प्रहरीले जनाएको छ ।