समाचार

असोज २, स्याङ्जा । शनिबार वालिङका एक ‘रेष्ट्रो एण्ड बार’का महिला कर्मचारी छतबाट खसेर घाईते भएकी छन् । शनिबार बिहान ४ः१५ बजे ‘रेष्ट्रो एण्ड बार’को छतबाट खस्दा त्यहाँ कार्यरत २१ वर्षीया महिला कर्मचारी घाईते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता डिएसपी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिएका छन् । 

घाईते कर्मचारीको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भैरहेको प्रवक्ता अधिकारीले बताए । उनकोे ढाड र खुट्टामा चोट लागेको उनले बताए । घाईते हाल खतरामुक्त रहेकी छन् । 

‘बार’का सिसिटिभी फुटेजका आधारमा ‘बार’ सञ्चालक ईश्वर श्रेष्ठलाई वडा प्रहरी कार्यालय बैदामले नियन्त्रण लिइएकोछ । सञ्चालक श्रेष्ठलाई भोलि वडा प्रहरी कार्यालय वालिङ ल्याउने तयारी भैरहेको प्रहरी स्रोतले जनाएकोछ । 

‘बार’ सञ्चालक विरुद्ध जर्बजस्ती करणी उद्योगमा जहेरी दर्ता

‘रेष्ट्रो एण्ड बार’बारको महिला कर्मचारी छतबाट खसेर घाईते भएकी आफन्तले ‘बार’ सञ्चालक विरुद्ध वडा प्रहरी कार्यालय वालिङ किटानी जाहेरी दर्ता गरेका छन् । 

घाईतेकी काकाले ‘बार’ सञ्चालक ईश्वर श्रेष्ठको बिरुद्धमा जर्बजस्ती करणी उद्योगमा जहेरी दर्ता गरेका हुन् । सिसिटिभी फुटेजका आधारमा उनले किटानी जाहेरी दर्ता गरेका हुन् । 

घट्ना स्थल र सिसिटिभी फुटेज हेर्दा घट्ना रहस्यमय रुपमै रहेकोले घट्नाबारे थप अनुसन्धान गरी सत्य तथ्य बाहिर ल्याउने प्रहरीले बताएका छन् ।