समाचार

बाँके, असोज ७ । नेकपा (एमाले)का अध्यक्ष एंव प्रर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कामकार्वाही कछुवा गतिभन्दा कम भएको आरोप लगाएका छन् । नेकपा (एमाले) बाँके जिल्ला कमिटी बाँकेले नेपालगञ्जमा आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘कछुवा र वर्तमान सरकारको म्याराथनमा कछुवाले जित्छ । देउवा सरकार कछुवासँग पनि प्रतिस्पर्धा गर्ने क्षमता राख्दैन ।’

सरकारले विभिन्न देशका राजदूत फिर्ता गरेर विदेशीसँगको सम्बन्धको धज्जी उठाएको ओलीले आरोप लगाए । ‘सरकारले राजदूत फिर्ता बोलाउनुपर्ने कारण नागरिकलाई स्पष्ट पार्नुपर्छ’, उनले भने पार्टीका कार्यकर्ता नभई वैदेशिक मामिलासम्बन्धी जानकार, अनुभवी, अध्ययन गरेका र देशका हितमा काम गर्न सक्नेलाई राजदूत बनाउनुपर्छ ।’

एमालेलाई बलियो बनाउन कार्यकर्ताको अहम् भूमिका रहेको ओली प्रस्ट पारे । अगामी चुनावसम्म प्रतिपक्षी दलका रुपमा चुनावमा जान परेपनि अन्ततः एमालेकै सरकार आउने उनले दावी गरे । नागरिककको हितमा उच्च मनोबलका साथ खट्न कार्यकर्ता निर्देश गरे ।