समाचार

काठमाडौं, असोज ८ । नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक आजदेखि सुरु हुँदैछ । आज बिहान ११ बजे च्यासस्थित तुलसीलाल प्रतिष्ठानमा बैठक बस्न लागेको हो ।

बैठकमा असोज १५, १६ र १७ गते हुने विधान महाधिवेशनका लागि राजनीतिक, सांगठनिक र बिधान संशोधनसम्बन्धी प्रस्तावमाथि छलफल हुने पार्टीका सचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।  

शनिबार सम्म चल्ने बैठकले बिधान महाधिवेशनमा लगिने विभिन्न प्रतिवेदनमाथि छलफल गरी पारीत गर्ने तयारी गरेको छ ।