समाचार

स्याङ्जा, असोज ९ । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्र्तगत आज(शनिबार)देखि गाउँपालिका र नगरपालिका अधिवेशन शुरु भएको छ । देशभरका ६४ जिल्लामा पालिका अधिवेशन प्रारम्भ भएको नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव प्रसाद यादवले जानकारी दिए । 

कांग्रेसको क्रियाशील सदस्यता विवादका कारण १३ जिल्लाका वडा अधिवेशन शुरु हुन सकेको छैन । प्रदेश नम्बर २ का आठ जिल्ला र रुपन्देही, कैलाली, रसुवा, डोल्पा, सुर्खेतमा क्रियाशील सदस्यता विवरण प्राप्त नहुँदा अधिवेशन प्रक्रिया शुरु नर्ग नसकिएको समितिका संयोजक यादवले जानकारी दिए । 

सदस्यता विवादबारे कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको शुक्रबार बसेको बैठकले चाँडै विवाद टुङ्ग्याउने सहमति गरेका थिए । 

प्यानलनै बनाएर निर्वाचनमा

नेपाली कांग्रेसका नेता कार्यकर्ता वडादेखि नै प्यानल बनाएर निर्वाचनमा होमिएका छन् । सभापति शेरबहादुर देउवा र रामचन्द्र–कोइराला प्यानल बनाएर चुनावमा होमिएका हुन् । स्याङ्जाका ११ वटा पालिकामा दुई समूहले प्यानलै बनाएर निर्वाचनमा जाने तयारी गरेका छन् । यस अघि वालिङमा सम्पन्न वडा नम्बर ८को वडा अधिवेशनमा प्रजातान्त्रिक र संस्थापन समूहबीच निर्वाचन गरिएको थियो । प्रजातान्त्रिक समूहबाट कमल सुवेदी र संस्थापन समूहबाट सरस्वती बगालेले प्रतिस्पर्धा गरेका थिए । बगालेलाई सुवेदीले ठूलो मतान्तरले हराए ।