समाचार

स्याङ्जा, असोज १० । नेपाली कांग्रेसको प्रथम वालिङ नगर अधिवेशनमा समाजसेवी पदमराज गुरुङले उप–सभापति पदमा उम्मेदवारी दिएका छन् । सो पदका लागि आइतबार बिहान ९ बजेदेखि मतदान हुदैछ । 

करिब २ दशक सामाजिक जीवन बिताएका गुरुङले नगर उप–सभापति मार्फत आफ्नो राजनीतिक जीवन शुरु गर्न लागेका छन् । 

तमु ह्युल छोँजधीँ (गुरुङ राष्ट्रिय परिषद) जिल्ला, प्रदेशको नेतृत्व, वालिङ उद्योग वाणिज्य संघका पदाधिकारी, रामबाच्छा बजार व्यवस्थापन समितिका नेतृत्व, रामबाच्छा जीप व्यवसायी समितिका नेतृत्व लगायत विभिन्न व्यापारी, सामाजिक र जातिय संघ–संस्थाको नेतृत्व गरेको अनुभव छ गुरुङसँग ।

‘सामाजिक जीवनसँगै राजनीतिक जीवनबाट पनि समाज र देशका निम्ति लाग्नेछु’, गुरुङले भने । सामाजिक र राजनीतिक जीवनलाई आफ्नो बाँकी जीवन रहेको उनले बताए ।