समाचार

स्याङ्जा, असोज २४ । स्याङ्जाको वालिङमा जीप दूर्घटना भएको छ । वालिङ–१०, मदिखोलामा ग१ज ४९१८ को जीप दूर्घट्ना हुँदा दुईजनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।

आइतबार साँझ वालिङबाट लिहुँडाँडाका लागि छुटेको जीप सडकबाट करिब मिटर तल खसेका थिए । 

दूर्घटनामा मृत्यु तथा घाइतेहरु विवरण

१. ७७ वर्षीय दल बहादुर पल्ली (मृत्यु)

२. ३२ वर्षीय गंगा पल्ली (मृत्यु) 

३. ५५ वर्षीय राम बहादुर पल्लीमगर 

४. ३ वर्षीय किरण पल्लीमगर 

५. २४ वर्षीया तिर्सना वि.क.

४. २६ महिनाको अञ्जन वि.क.

५. २२ वर्षीया विष्णु थापा

६. ४ वर्षीया करिष्मा थापा (बालिका)

७. २७ वर्षीय को अर्जुन थापा 

८. ६० वर्षीय हुमा पल्ली 

९. २६ वर्षीय की रिता गाहा

१०. ३ की एञ्जल गाहा (बालिका)

११. २४ वर्षीया कि सपना थापा 

१२. २ वर्षीय नबिन थापा (बालक)

१३. २२ वर्षीया पुष्पा पल्लीमगर

१४. ४५ वर्षीया भिमकुमारी पल्ली

१५. १३ वर्षीय थमन पल्लीमगर

१६. ५५ वर्षीया लिला कुमारी पल्लीमगर 

१४ जना घाइतेलाई गह्रौ प्राथमिक अस्पाल वालिङमा सामान्य उपचारपछि पोखरा लगिएको छ भने अन्यको अस्पतालमा उपचार भैरहेको छ । 

जीप चालक रुद्र बहादुर सारु वडा प्रहरी कार्यालय वालिङको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता डिएसपी राजेन्द्रप्रसाद अधिकारी जानकारी दिए ।