समाचार

कार्तिक २४, स्याङजा । नेकपा (एमाले) जिल्ला कमिटीको उपसचिवमा युवा नेता राजेन्द्र डुम्रे मनोनित भएका छन् । बुधबार बसेको नेकपा (एमाले) जिल्ला कमिटी सचिवालय बैठकले युवा नेता डुम्रेलाई उपसचिवमा मनोनित गर्ने निर्णय गरिएको हो । 

यसअघि उनी जिल्ला कमिटीको सचिवालय सदस्य थिए । 

को हुन् राजेन्द्र डुम्रे ?

राजनैतिक परिचय 

 २०५३ मा जनसेवा मा. वि. प्रारम्भिक कमिटी सदस्य, 

 २०५४/५५ जनसेवा मा. वि. प्रारम्भिक कमिटी उपाध्यक्ष, 

 २०५६ नेपाल आदर्श उच्च मा. वि. प्रारम्भिक कमिटी सचिव, 

 २०५७ नेपाल आदर्श प्रारम्भिक कमिटी अध्यक्ष, 

 २०५८ प्रेस चौतारी कास्की जिल्ला  सदस्य,

 २०५९ नेकपा एमाले संगठित सदस्य,

 २०५९ वालिङ क्याम्पस प्रारम्भिक कमिटी कोषाध्यक्ष, 

 २०५९ वालिङ क्याम्पस क्याम्पस युनियन सहसचिव, 

 २०५९ अनेरास्ववियु जिल्ला सदस्य, 

 २०६० प्रेस चौतारी स्याङ्जा जिल्ला संस्थापक अध्यक्ष, 

 २०६० वालिङ क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन सभापति,

२०६१ अनेरास्ववियु जिल्ला सचिवालय सदस्य,

 २०६२ वालिङ क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन सभापति, 

२०६३ अनेरास्ववियु जिल्ला उपाध्यक्ष,

 २०६४ अनेरास्ववियु जिल्ला अध्यक्ष, 

 २०६६ नेकपा एमाले जिल्ला कमिटी सदस्य, 

 २०७० नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य, 

 २०७१ नेकपा एमाले नवौं महाधिवेशन प्रतिनिधि, 

 २०७४ नेकपा एमाले वालिङ नगर संगठन कमिटी अध्यक्ष, 

 २०७६ नेकपा वालिङ नगर  अध्यक्ष (नेकपा माओवादीसँग एकीकरण पछि)

२०७७ नेकपा एमाले वालिङ नगर कमिटी अध्यक्ष, 

राजनीतिक जीवनका ऐतिहासिक कार्यहरु

२०५२ देखी खारेज वालिङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन २०६० मा बिउताई सभापति,  

२०६० मा स्याङ्जा जिल्लामा प्रेस चौतारीको औपचारिक अधिवेशन र संस्थापक अध्यक्ष 

 २०५१ देखि अस्तित्वको लडाई बनेर रहेको वालिङ बहुमुखी क्याम्पसको मदन आश्रित स्मृति मंच २०६१ मा पुनःनिर्माण र उदघाटन्, 

 २०६१ मा १ दिन प्रहरी हिरासत (शसस्त्र प्रहरी बेश क्याम्प), 

 २०६१ मा गण्डकीमा पहिलो पटक वालिङ मा ज्ञानेन्द्रको कू विरुद्ध आन्दोलनको अगुवाइ र २५ दिन अर्धभूमिगत, 

 २०६४ मा माओबादी आक्रमण बाट २ पटक सम्म घाइते,  

 २०६५ को स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा अनेरास्ववियु जिल्ला अध्यक्षको भूमीका मा ५ वटा क्याम्पसमा स्ववियुमा अनेरास्ववियुको विजयी ।

सामाजिक संघ–संस्थामा 

 मिरमिरे जनकल्याण युवा क्लब अध्यक्ष 

 सिर्सेकोट संयुक्त युवा क्लबको संस्थापक सचिव 

सिद्धार्थ युवा क्लबको अध्यक्ष  

प्रेस चौतारी स्याङ्जा  जिल्ला अध्यक्ष 

क्याम्पस रोड युवा क्लब सलाहकार 

नवयुग बचत तथा ऋण सहकारी अध्यक्ष 

जिल्ला बचत तथा ऋण सल्लाहकार  

वालिङ उद्योग बाणिज्य संघ सल्लाहकार 

वालिङ साना किसान प्रमुख सल्लाहकार

नारी जागरण बचत तथा ऋण सल्लाहकार 

 स्वाभिमान बचत तथा ऋण सल्लाहकार