समाचार

स्याङ्जा, माघ ११ । प्रेस चौतारी नेपाल स्याङ्जा शाखाले सुशील सुवेदीलाई चयन गरिएको छ । शाखाको पाँचौ जिल्ला अधिवेशनले सुवेदीलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरिएको हो । 

अधिवेशनले अगामी २ वर्षका लागि १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएकोछ । 

उपाध्यक्षमा मणिप्रसाद अर्याल, कला राना, सचिव जीवन अर्याल, स–सचिव सुनिल न्यौपाने, राधाकृष्ण शर्मा र कोषाध्यक्ष माधव गैह्रे चयन भएका छन् । 

यस्तै सदस्यहरुमा मोहन सुनार, हरि अर्याल, पूर्णिमा नेपाली, अनिता गौतम, नारायण चापागाँई, माधवप्रसाद रेग्मी, सविन लामिछाने र दर्वेन्द्रदेव खनाल रहेका छन् । 

शाखाका संस्थापक अध्यक्ष सहित अन्य तीन पत्रकार सम्मानित

प्रेस चौतारी नेपाल स्याङ्जा शाखाको पाँचौ जिल्ला अधिवेशनको उद्घाटन् सत्रमा शाखाका संस्थापक अध्यक्ष राजेन्द्र डुम्रेलाई सम्मान गरिएको छ । स्याङ्जामा प्रेस चौतारी स्थापनाका लागि उनको भूमिकाको प्रसंशा गर्दै सम्मान गरिएको हो । 

यस्तै कार्यक्रममा प्रेस चौतारीका ३ जना क्रियाशिल पत्रकारहरुलाई सम्मान गरिएको छ । गुप्ता–तारा स्मृति प्रतिष्ठान पत्रकारिता पुरस्कारबाट कला राना पुरस्कृत भइन् । उनी नगद १० हजार रुपैयाँ, सम्मान–पत्र र दोशल्लाबाट सम्मानित भइन् । यस्तै इन्द्र–इना स्मृति प्रतिष्ठान पत्रकारिता पुरस्कार २०७७ बाट सुनिल न्यौपाने र इन्द्र–इना स्मृति प्रतिष्ठान पत्रकारिता पुरस्कार २०७८ बाट मोहन सुनार सम्मानित भए । दुवैले जनाही पाँच–पाँच हजार नगद, प्रसंशा–पत्र र दोशल्लाबाट सम्मानित भए । 

गुप्ता–तारा प्रतिष्ठानको अध्यक्ष साहित्यकार अनन्तराज अर्याल र संरक्षक पूर्वमन्त्री एवं नेकपा (एमाले) केन्द्रीय कमिटी सचिव पद्मा अर्याल हुन् । 

इन्द्र–इना स्मृति प्रतिष्ठानका अध्यक्ष नेकपा (एमाले) स्याङ्जाका सचिव राजेन्द्र डुम्रे हुन् ।