समाचार

काठमाडौं, माघ १४ । नेपाली काँग्रेसले कार्यसम्पादन समिति बनाएको छ । शुक्रबार बसेको भर्चुअल बैठकले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको हो । 

बैठकमा महामन्त्री गगन थापाले कार्यसम्पादन समिति गठनका लागि २४ जनाको नाम प्रस्ताव गरेका थिए । बैठकले महामन्त्री थापाको प्रस्तावलाई सर्वसम्मत रुपमा अनुमोदन गरेपछि सम्पादन समिति गठन भएको हो । बैठक सुरु भएको ६ मिनेटमै सकिएको थियो । बैठकले कार्यसम्पादन समिति बाहेक अन्य कुनै निर्णय गरेनन् । 

काँग्रेसको विधानमा ४६ सदस्यीय सम्पादन समिति बन्ने प्रावधान छ । तर, शुक्रबार पदाधिकारीसहित ३७ जनालाई मात्र समेटिएको हो । 

काँग्रेसको विधान २०१७ (संशोधन सहित)को धारा २३ (१) बमोजिम सम्पादन समिति गठन गरिएको हो । 

को–को हुन् २४ जना ?

वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वउपसभापतिहरु गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, विजय गच्छदार, प्रकाशमान सिंह, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, शशांक कोइराला, पूर्व कोषाध्यक्ष चित्रलेखा यादव, पूर्वसहमहामन्त्रीहरु रामशरण महत, अजुर्ननरसिंह केसी, प्रकाशशरण महत र सुनिलबहादुर थापा, शेखर कोइराला, बलबहादुर केसी, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, नारायण खड्का, जीप छिरिङ लामा, पद्मनारायण चौधरी, उमा रेग्मी , एनपी साउद, सुजाता कोइराला, आनन्द ढुंगाना  र जीवनबहादुर शाही कार्यसम्पादन समिति सदस्य बनेका छन् ।