राजनीति

गुल्मी । गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि गोकर्ण विष्ट निर्वाचित भएका छन् । 

एमाले सचिव समेत रहेका विष्टले एकिकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्रीलाई हराएका हुन् । 

विष्टले २२ हजार ६८४ मत ल्याएर विजयी हुँदा झाँक्रीले २० हजार ४८१ मत ल्याइन् । झाँक्री एसका केन्द्रीय सचिव हुन् ।